×

अदालतको आदेशलाई चुनौती दिएर मन्त्रीको शपथ

images

मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई कार्यान्वयन गर्न उच्च अदालत सुर्खेतले दिएको आदेशलाई अवज्ञा गर्दै कर्णाली प्रदेश सरकारले मन्त्रीलाई शपथ ग्रहण गराएको छ । 

मन्त्रिपरिषद् समावेशी नभएको, महिला सहभागिता शून्य भएको भन्दै सबैतिरबाट आलोचना भइरहेका बेलामा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

आज प्रदेश प्रमुख तिलक परियारले मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

बिहीवार नेकपा माओवादी केन्द्रबाट डोल्पामा शाही मन्त्रीमा नियक्त हुनुभएको थियो । मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई ख्याल नगरिएको भन्दै उच्च अदालत सुर्खेतले पत्र लेखेपछि उहाँको शपथ रोकिएको थियो  । 

आइतबार​ २९ साउन २०७९ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया