×

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङद्वारा अस्पतालका  निरीक्षण

images

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गर्नुभएको छ ।
    
उहाँले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिनुभयो । निरीक्षणका क्रममा उहाँले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा।भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराउनुभयो । 

बिहीबार ३० असार २०७९ ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया