×

वैशाख ३१ गते शनिबार, हेर्नुहोस आजको राशिफल

images

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यवसायिक क्षेत्रमा उच्च अधिकारीसँग आवश्यक विषयमा चर्चा हुनेछ। कुनै परियोजनाले सरकारी लाभ प्राप्त होला। कार्यालयसँग सम्बन्धित कार्यमा भ्रमणमा जानुहुनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ। घरको सजावट र अन्य व्यवस्थामा परिवर्तन गरेर घरको वातावरणमा सकारात्मक परिवर्तन गर्ने प्रयास गर्नुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईको दिन मिश्र फलदायी रहनेछ। व्यापारीले  आफ्नो व्यापारमा पैसा खर्च गरेर नयाँ कार्यको सुरुवात गर्नेछ। भविष्यको लागि योजना बनाउनु हुनेछ। विदेशगमन होला। कुनै धार्मिक स्थलमा यात्रा होला। स्वास्थ्यको ध्यान राख्नुहोला। कार्यभार अधिक रहनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अशुभ घटना हुन सक्ला,त्यसैले सावधानीपूर्वक दिन बिताउनुहोला। रिसले आफुलाई नै हानि हुन सक्ला ध्यान दिनुहोला। दिमागलाई शान्त राख्नुहोला। मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला। शारीरिक र मानसिक रुपले  अस्वस्थ रहनुहुनेछ। खर्च अधिक हुनाले आर्थिक समस्या भएको अनुभव हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मित्र र आफन्तसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। मनोरंजक प्रवृत्तिमा रमाईलो अनुभव गर्नुहुनेछ। व्यापारको क्षेत्रमा लाभ होला। छोटो यात्रा हुन सक्ला। सामाजिक रुपले  मान-सम्मान प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मानसिक रुपले चिन्ताको कारण निराश रहनुहुनेछ। शंका र उदासीपन मनमा छाईरहनेछ। त्यसैले मन भारी रहनेछ। कुनै कारणवश दैनिक  कार्यमा ढिलाई हुनेछ। व्यवसायमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। उच्च अधिकारीबाट सम्हालेर रहनुहोला। श्रमपूर्वक गरिएको कार्यको उचित परिणाम मिल्नेछैन।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विधार्थीको लागि कठिन समय रहेको छ। सन्तानको विषयमा चिन्ता बनिरहनेछ। शेयर किनबेचमा ध्यान राख्नुहोला। मनमा खिन्नता  अनुभव गर्नुहुनेछ। बौद्धिक चर्चामा नउत्रिनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
शारीरिक रुपले शिथिल र मानसिक रुपले निराश रहनुहुनेछ। आमाको विषयमा चिन्ता रहनेछ। सम्पत्ति सम्बन्धित दस्तावेजी कार्य सावधानीपुर्वक गर्नुहोला। पारिवारिक झगडा हुन सक्ला। सामाजिक रुपले  अपमानित हुन नपरोस्  कुराको ध्यान राख्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईको लागि लाभदायी दिन रहेको छ । आर्थिक लाभ हुनुको साथै भाग्यले पनि साथ दिनेछ। आफन्तसँगको सम्बन्धमा माया अधिक रहनेछ। नयाँ कार्य शुभारम्भ गर्नको लागि शुभ समय रहेको छ। छोटो यात्रा आयोजन गर्नुहुनेछ। मानसिक रुपले प्रसन्न रहनुहुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईको मन दुविधामा फस्नेछ। पारिवारिक वातावरण क्लेशपूर्ण  रहनेछ।  निर्धारित कार्य पुरा गर्न नसक्दा मन निराश रहनेछ। कुनै महत्वपूर्ण निर्णय सकेसम्म नलिनुहोला। घर वा व्यवसाय क्षेत्रमा कार्यभार अधिक रहनाले थकान महसुस गर्नुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
निर्धारित कार्य सरलतापूर्वक पूरा हुनेछ। अफिस वा व्यवसायिक स्थानमा मान-सम्मान बढ्नेछ। घरायसी जीवनमा आनन्दमय वातावरण रहनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। मानसिक स्वस्थता बनिरहनेछ। मित्र र आफन्तसँग भेट हुँदा खुशी अनुभव गर्नुहुनेछ। उत्तम भोजन र कपडा प्राप्त गर्नुहुनेछ।
.
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कसैसँग ऋण लिन  तथा आर्थिक लेन-देन नगर्नुहोला। खर्चको मात्रा अधिक रहनेछ। शारीरिक र मानसिक रुपले स्वस्थ्य रहनु हुनेछैन। आफन्तसँग मतभेद खडा हुन सक्ला। रिसलाई नियन्त्रण राख्नुहोला। मानहानि हुन सक्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सामाजिक कार्य वा समारोहमा भाग लिने अवसर प्राप्त गर्नुहुनेछ। मित्र-आफन्तसँग भेट हुनाले मन प्रसन्न रहनेछ। सुन्दर ठाउँमा भ्रमण गर्न जानुहुनेछ। शुभ समाचार मिल्नेछ। श्रीमती र सन्तानबाट लाभ प्राप्त हुनेछ। आकस्मिक धन प्राप्त होला।

शनिबार ३१ बैशाख २०७९ ०९:१० AM मा प्रकाशित

प्रतिक्रिया