कुशलले बनाए पहिलो एकदिवसीय शतक

    images


    कुशल भुर्तेलले एकदिवसीयमा पहिलो शतक प्रहार गरेका छन् । 
    आइसिसी पुरुष विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नामिबियासँगको जारी खेलमा कुशलले शतक प्रहार गरेका हुन् । 
    ९९ बलमा शतक बनाउने क्रममा उनले चार छक्का र नौ चौका प्रहार गरे । 

    ओपनिङ ब्याटरका रूपमा मैदानमा आएका कुशलले ४१औँ ओभरमा शतक पूरा गरेका हुन् । टी– २० भने उनले यसअघि नै शतक बनाइसकेका छन् ।  अहिले उनी संदिप जोरासंग क्रिजमा छन् । यो समाचार तयार गर्दासम्म २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाएर २ सय ४९ रन बनाएको छ । 

     

    मङ्गलबार २ फागुन २०७९ ०४:५१ PM मा प्रकाशित

    प्रतिक्रिया