×

सत्तारूढ दल बाहिर बसेर एमसीसी पारित गर्दा संसदीय प्रणाली सङ्कटमा पर्छ: पोखरेल

images

ज्ञान-गोष्ठीले सोमबार ललितपुरको पाटनढोकामा आयोजना गरेको ‘संसदीय प्रणाली र बाह्य सम्बन्ध’ विषयक संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धनमा रहेका दल एक ठाउँमा हुनुपर्ने बताए। “सत्ता गठबन्धनका केही दललाई बाहिर राखेर एमसीसी पारित गर्न लागेको हो भने हाम्रो संसदीय प्रणाली गम्भीर सङ्कटमा पर्छ,” पोखरेलले भने।

सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी सम्झौतालाई संसद्‌बाट पारित गर्नुपर्ने बताउँदै आएका छन् भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा विपक्षमा उभिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई संसद्‌‌मा पेश गर्नुपर्नेमा जोड दिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्‌ बहिष्कार गर्ने सङ्केत गरेका छन्।

त्यसलाई इङ्गित गर्दै एमाले महासचिव पोखरेलले परराष्ट्रका विषयमा सत्तारूढ दल एक हुनुपर्ने बताए। “परराष्ट्र मामिलाका सम्बन्धनमा सत्ता गठबन्धनको एक धारणा हुनुपर्छ,” उनले भने।

एमसीसी सम्झौता पारित गर्ने विषयमा पठाएको पत्रलाई पनि पोखरेलले कूटनीतिक कच्चापन भएको बताए। पोखरेलले भने, “आफैंले हस्ताक्षर गरेको विषयमा एमसीसीलाई पत्र लेख्नु कूटनीतिक कच्चापन हो।”

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले एमसीसीलाई पठाएको पत्र बाहिरिएको थियो। त्यसको विरोध हुँदै आएको छ।

सोमबार २ फागुन २०७८ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया