×

म यस्तो गीत गाउँछु २ु जुध्न आएपछि एकसाता पछि सर्‍यो लप्पन छप्पन २ु को रिलिज डेट

images

काठमाडौं  :  फिल्म लप्पन छप्पन २ु को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म अब फागुन २० गते रिलिज हुने पक्का भएको हो।

यसअघि यो फिल्म फागुन १३ गते रिलिज हुने तय भएको थियो। तर, सोही मितिमा म यस्तो गीत गाउँछु २ु जुध्न आएपछि यो फिल्म एकसातापछि सरेको हो।

निर्देशक मुकुन्द भट्टले सामाजिक संजालमा फिल्मको पोस्टर सेयर गदै नयाँ मितिबारे जानकारी दिएका हुन्। दुई वर्ष अघि नै यो फिल्म रिलिज हुने भनिएता पनि कोरोना भाइरस महामारीका कारण रिलिज हुन सकेको थिएन।

सोमबार २ फागुन २०७८ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया