×

आत्मनिर्भर लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

images



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ

सर्वसाधारणका लागि छुट्याएको छ । जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिएको हो 

मङ्गलबार २ फागुन २०७९ १०:३९ AM मा प्रकाशित

प्रतिक्रिया