काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएकी ३३ वर्षीय बुढाको दुर्घटनामा मृत्यु भएको र अन्यको पहिचान हुन बाँकी रहेको बागलुङ प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।
रा १ झ २०० नम्बर प्लेटको सरकारी गाडी शुक्रबार बिहान दुर्घटनामा परेको हो। शुक्रबार बिहान दुदीलाभाटीका प्रेमबहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घटनाग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुथा उत्तर गंगा गाउँपालिका उपाध्यक्ष बुढाको आइडी कार्ड पनि भेटिएको छ । बाग्लुङ प्रहरीका अनुसार घटनाको थप विवरण खुल्न बाँकी रहेको छ ।
प्रतिक्रिया