×

नेपालीमा अनुदित तेस्रो कर्मपा राङ्ख्युङ् दोर्जे रचित `छोग्ले रिन्छेन ट्रेड्वा च्योद्` (च्योद् संग्रह) को सार्वजनिक

images

काठमाडौं। तेस्रो कर्मपा राङ्ख्युङ् दोर्जेले छोग्ले रिन्छेन रचित`ट्रेड्वा च्योद् |प्रज्ञापारमिता पूजा (च्योद् संग्रहको रत्नमाला नामक पूजा विधि) नेपाली अनुदित पुस्तक आज टुल्कु ज्याम्पाल दोर्जे र  प्रमुख अतिथी ललितपुरका नगर प्रमुख चिरी बाबु महर्जन द्वयले , लुम्बिनी विकास कोषका सदस्य राजेश शाक्य,, लगायत वडा ६ का वडा अध्यक्ष रुपेन्द्र शाक्य, वडा ७ का वडा अध्यक्ष कुल बहादुर महर्जन, वडा ८ का वडा अध्यक्ष बाबु रत्न महर्जन,हरुको उपस्थिती मा आज ललितपुरको ज्याथा बहा:मा आयोजित धर्मिक कार्यक्रमा  बिमोचन गरेका छन । 

बज्रयानको  विशिष्ट अभ्यास बुझ्न गुरु मुखारविन्दबाट प्राप्त उपदेश मार्फत मात्र सम्भव हुने र विशिष्ट पद्य शैलीमा रचना गरिएको यस साधना जन मानसले पनि बुझन सकोस भनि अनुवाद गर्ने क्रममा कठीन्  संस्कृत  शब्दहरुलाई सकेसम्म सरल शब्दहरू प्रयोग  गरेका कुरा अनुवादक बिराट बज्रचार्यले बताउनुन भयो । 

तर यसो गर्दा तिब्बती धर्म भाषाका व्यापक अर्थहरूलाई समेट्न नसकिने अवस्था प्रति सजक हुँदै  तिब्बतीका एउटै शब्द वा एउटै वाक्य भए पनि सापेक्षिक रूपमा अनुवाद गर्दा भिन्नाभिन्नै रूपमा गरिएको पनि वहाँले बताउनु भयो । 

साथै यस पूजामा तिब्बती अक्षर पढ्न नसक्ने हरुले पनि सहभागी हुन सकुन भन्ने उद्देश्यको राखी देवनागरी लिपिमा तिब्बती उच्चारण पनि दिएको र सुमधुर स्वरमा लय हालेर गरिने यस लामो पूजाबिधिमा लिप्यन्तरमा सजिलो अक्षरहरू प्रयोग गरेकोले उपासकहरूलाई  उच्चारण सहज हुने बिस्वास् अनुबादक् हरुले लिएको बाटय   ।

 समग्र पुस्तकमा भएको त्रुटिहरू विद्वत् वर्गले केलाउनु हुनेछ र भविष्यमा सच्याउँदै यसलाई अझ परिष्कृत गर्दैजाने र सबैलाई  लाभान्वित होस् भन्ने कामना का साथै 

 अनुवादक भिक्षु कर्मा ताशी, धीरेन्द्र बुढा हरुको महत्वपूर्ण  सहयोग रहेको कार्यक्रममा जानकारी दिएको थियो  ।  

शनिबार १ बैशाख २०८१ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया