×

कुमारी हिमाल जुगल  आरोहण खुला गर्ने सरकारको निर्णय

images


३० चैत, काठमाडौ । सरकारले जुगल सिन्धुपाल्चोकको जुगल हिमश्रृङ्खला अन्तरगतमा हिमालहरुमा पर्वतारोहण खुला गरेको छ ।हिजो  (मंगलबार )  बसेको मन्त्रिपरिषद बैठकले कुमारी  हिमालको उपमा पाएको जुगल हिमालका हिमचुलीहरूमा पर्वातारोहण को लागि  खोल्ने निर्णय गरेको छ  ।

जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमाल रेन्ज भित्रको दोर्जे लाक्पा, फुर्बा घिप्चे लगायतका हिमचुचुराहरु छन् । यो हिमश्रृंखलामा दुई दर्जनभन्दा बढी चुचुरा अध्ययनले देखाएको छ जुगल हिमालको बेस क्याम्प बुम्बासेर्पुङयांखर्क हो । जुगल हिमाल आरोहण खुला भएपछि सिन्धुपाल्चोकमा नयाँ पर्यटकीय रुट खुल्ने पर्यटन ब्यवसाय ब्रिद्धी हुने  व्यवसायीहरुको अपेक्षा छ ।

जुगल हिमालसहित यस क्षेत्रमा पर्ने ने–पेमासाल चौर पर्यटकहरुको लागि नयाँ गन्तव्य हो । वरिपरी हिमालले ढाकेको सुन्दर ठूलो चौर ने–पेमासाल हो । यो चौरमा बौद्ध गुरुहरु आएर ध्यान बसेको किम्बदन्ती छ । ने–पेमासालबाट जुगल हिमालको बेस क्याम्पसम्म पुग्न एक दिन लाग्छ ।

बिहीबार ३० चैत २०७९ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया