×

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन सर्वसम्मत

images

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।  अर्का प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्। 

पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो। 

सहमति जुटेसँगै उमेशलालले अन्जनलाई समर्थन गरेका हुन्। पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत मत पाएका थिए । ३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।  

बिहीबार ३० चैत २०७९ ०६:०७ PM मा प्रकाशित

प्रतिक्रिया