×

नेउवासंघ निर्वाचन- एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणनामा एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । कूल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८ सय ४६ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिस्पर्धी भरत आचार्यले ७ सय ८१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बुधवार मतदान भएको थियो। महासंघको निर्वाचनमा ३ प्यानल प्रतिस्पर्धा गरिरहेका छन्। अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठको प्यानलबीच प्रतिस्पर्धा जारी छ।

सुनचाँदी व्यवसायमा आवद्ध श्रेष्ठ रत्न तथा आभूषण संघकी अध्यक्ष हुन्। उनी पाँचौँ महाधिवेशनबाट पहिलो महिला अध्यक्ष चुनिएकी थिइन्। उनले अहिले संघको दोस्रो काल सम्हालिरहेकी छन्। 

बिहीबार ३० चैत २०७९ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया