काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.५५ रुपैयाँ रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ ।
यस्तै, युरो एकको खरिद दर १३९ रुपैयाँ ४० पैसा र बिक्री दर १४० रुपैयाँ ०४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २८ पैसा रहेको छ ।
यसैगरि, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको छ भने साउदी रियाल एकको खरिद दर ३४.८९ रुपैयाँ र बिक्री दर ३५.०५ रुपैयाँ रहेको छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ र बिक्री दर २९.११ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया