×

सामाजिक संजालको नियमन जरुरी छ -- अध्यक्ष बस्नेत

images


काठमाडौं । प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक संजालको नियमन जरुरी भएको बताएका छन् ।   

आईतबार चलचित्र विकास वोर्डमा आयोजित सामाजिक मिडिया फिल्म अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले, समाजलाई गलत दिशातिर जानबाट जोगाउँन तिनीहरुको

नियमन जरुरी रहेको बताएका छन् । 

सामाजिक संजालको दुरुपयोगले समाजलाई गलत दिशातिर लाने भएकाले सरकारले मिडियालाई नियमन र अनुगमन गरी  प्रभावकारी बनाउँनु पर्ने उनको भनाई छ ।

उनले भने ‘सोसल मिडिया आफैँमा एउटा अवसर हो सोसल मिडियाको पनि दुरुपयोग हुन दिनुहुँदैन । राज्यले सोसल मिडियालाई नियमन र अनुगमन र प्रभावकारी कसरी

बनाउँन  सकिन्छ भन्ने षियमा काम गरीरहेको छ प्रेस काउन्सीलले सहयोगी भूमिका खेलेको छ समाजलाई  पनि सुझावहरु दिईरहेको छ सरकारलाई । समाजलाई गलत

दिशातिर नलग्नलाई नियमन जरुरी छ  ।’कार्यक्रममा विभिन्न विधामा विजेताहरुलाई अवार्ड वितरण गरिएको थियो उक्त अबसरमा   चलचित्र तथा संचारक्षेत्रका विशिष्ट

व्यक्तिहरुको सहभागिता थियो । 

सोमबार २९ फागुन २०७९ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया