×

मिर्गौला प्रत्यारोपण सफल

images

भक्तपुर — भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा गरिएका पछिल्ला ५० वटै मिर्गौला प्रत्यारोपण सफल भएको छ । केन्द्रका अनुसार तीमध्ये केही जटिल र जोखिमपूर्ण प्रत्यारोपणसमेत थिए । 

‘हाम्रो टिमले गरेका पछिल्ला ५० वटै प्रत्यारोपण सफल भयो,’ केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले भने, ‘यसबीचमा जटिल र जोखिमपूर्ण प्रत्यारोपणसमेत गरेका छौं ।’ डा। श्रेष्ठ चार महिनाअघि दोस्रो पटक केन्द्रका कार्यकारी निर्देशक भएर आएका हुन् ।


सफल प्रत्यारोपण गरिएकामध्ये एक जनामा दोस्रो पटक प्रत्यारोपण गरिएको हो । ती बिरामीको पहिलो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले केही वर्ष काम गरेर फेल भएको थियो । त्यस्तै शरीरमा अत्यधिक एन्टिबडी भएकी एक महिलाको पनि विशेष प्रविधिद्वारा एन्टिबडीको तह सामान्य बनाएर प्रत्यारोपण गरिएको थियो ।

आइतबार​ १ फागुन २०७८ ११:०९ AM मा प्रकाशित

प्रतिक्रिया