×

बाँकेमा दुवै मात्राको खोप लगाएका युवकको कोरोनाबाट मृत्युु

images

बाँके : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको खजुरा गाउँपालिका–२ बाँकेका २३ वर्षीय पुरुषको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

बाँकेका जिल्ला कोभिड(१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार ती युवक गत २७ माघमा संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । मृतक युवकले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ । बाँकेमा अन्य जिल्लाबाट आएका व्यक्तिको मृत्यु हुने संख्या ४४५ पुगेको छ ।  

आइतबार​ १ फागुन २०७८ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया