काठमाडौँ । नेपाल राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ ।
शुक्रबार राष्ट्र बैंकले नेपाली सेनाले जारी गरेको निर्देशनका आधारमा आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले भनेको छ-
यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२६ मा जारी विज्ञप्ति नं. १७ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन र अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एसेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेभ साइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुहुन यो सूचना जारी गरिएको छ ।
प्रतिक्रिया