×

फेन्सिङ टोली इजिप्ट जाँदै

images

विश्व फेन्सिङ च्याम्पियनशिपमा सहभागी हुन सात खेलाडीसहित १० सदस्यीय नेपाली टोली बुधबार इजिप्टको काइरो प्रस्थान गर्दैछ । प्रतियोगितामा पाँच पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

सहभागी हुने पुरुष खेलाडीमा पायस योञ्जन, दिनेशबहादुर पाण्डेय, राजेन्द्र गजुरेल, सुकीराम तामाङ र भीष्मराज दाहाल तथा महिला खेलाडीमा अनिता कार्की, जानुका स्याङ्तान र उषा खड्का छन् । विशेष प्रशिक्षणका लागि योञ्जन आजै इजिप्ट प्रस्थान गरेका छन् । 

यस्तै टोली प्रमुखमा हेल्गा राणा रायमाझी, अफिसियलमा सुजनलाल श्रेष्ठ र प्रशिक्षकमा अभिषेक कार्की छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

मङ्गलबार २८ असार २०७९ ०९:१८ PM मा प्रकाशित

प्रतिक्रिया