×

कमलरी र हरवाचरवाको समस्या समाधानको लागि कार्ययोजना बनाइने

images

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या दिगो समाधानको लागि मन्त्रालयले कार्य योजनानै बनाएर अघि बढ्ने बताउनुभएको छ । 

उक्त समस्या समाधानको लागि आज सरोकारवाला  निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमासमेत यस विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल सुरु गरिसकेको भन्दै उहाँले केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडि बढाइएको जानकारी दिनुभयो । हलिया र कमैया कमलरीमुक्त भइसकेको र कमैया श्रम ९निषेध गर्ने० ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरवाचरवाको समस्या समाधान गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलगायत  हरवाचरवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मङ्गलबार २८ असार २०७९ ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया