×

१ सय ७० दिनदेखि धर्नामा

images

चुरे मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीका जगतबहादुर सुनुवार २६ वर्षदेखि आफ्नो जग्गा फिर्ता माग्दै संघर्ष गरिरहेका छन् ।

उनी पछिल्लो १ सय ७० दिनयता जग्गा फिर्ता माग गर्दै धर्नामा छन् । सँगसँगै अदालती प्रक्रिया पनि जारी छ । पछिल्लो समय १ सय ७० दिनदेखि साहुको घरअगाडि शान्तिपूर्ण धर्ना दिएपछि २८ वैशाखबाट उनले केही दिनका लागि धर्ना स्थगित गरे । जग्गा दृष्टिबन्धकबाट पीडित सुनारका परिवारले जग्गा फिर्ताको माग गर्दै आएकोमा अदालतले मेलमिलापका लागि बोलाएपछि हालका लागि धर्ना स्थागित गरेका हुन् ।

हेटौंडाको मुख्य चोक (बुद्धचोक)नजिकै घर भएका व्यवसायी नियमराज शाक्यविरुद्ध उनकै घरमा शान्तिपूर्ण धना दिँदै आएका थिए । तर, पछिल्लो केही दिनयता सुनारको स्वास्थ्यमा समस्या आएको र जिल्ला अदालतले पनि आउँदो ७ जेठमा अदालतमा दुवै पक्षलाई मेलमिलापमा गर्न उपस्थित हुन बोलाएपछि बिहीबारबाट केही दिनका लागि भन्दै धर्ना कार्यक्रम स्थगित गरेका हुन् । सुनारको शान्तिपूर्ण धर्ना र उनको न्यायको पक्षमा विभिन्न सामाजिक अभियन्तादेखि राजनीतिक दलहरूले समेत ऐक्यबद्धता जनाउँदै आएका छन् ।

पीडित सुनारले अझै पनि आफूले न्याय पाउने आशा रहेको जनाउँदै पत्रकार सम्मेलनमार्फत धर्नामा साथ दिने सामाजिक अभियन्ता र राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । उनले जिल्ला अदालतले ७ जेठमा मेलमिलापका लागि आउन भनेको बताउँदै त्यतिन्जेलका लागि धर्ना कार्यक्रम स्थगित गरिएको बताए । ‘पीडक पक्ष नियमराज शाक्यको घरअगाडि धर्ना दिएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अभियन्ता तथा धर्नामा सहभागी बन्दै आएका विशालराज महतले आफूहरू जगतबहादुरको धर्नालाई बीचमै नछोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले जगतबहादुरको स्वास्थ्यमा समस्या देखिएको र अदालतले पनि ७ जेठमा मेलमिलाप गर्न बोलाएको भन्दै त्यस समयसम्म धर्ना कार्यक्रम स्थगित गरिएको बताए । महतले ६ महिनाको बीचमा मेलमिलापका लागि पीडक पक्ष र प्रहरीसँग पटकपटक संवाद गरेको तर समस्या समाधान हुन नसकेको बताउँदै अदालतबाट मेलमिलाप हुन सक्ने विश्वास व्यक्त गरे । उनले अदालतबाट पनि मेलमिलाप हुन नसके नयाँ ढंगको धर्ना कार्यक्रम अघि बढ्ने बताए ।

यस्तो थियो घटना विवरण
१९ वैशाख २०५४ को घटना हो । यो घटना तत्कालीन हेटौंडा नगरपालिका–३ पीपलबोट नजिक सुन पसल राखेर व्यवसाय गरिरहेका पदमपोखरीका ५५ वर्षीय बाबु पदमलाल सुनार, उनका छोरा ३१ वर्षीय जगतबहादुर र अर्का व्यवसायी घरभेटी ३२ वर्षीय नियमराज शाक्यबीचको हो ।

सुन व्यवसायी सुनार बाबुछोरालाई व्यवसायलाई अघि बढाउन ५० हजार रुपैयाँको ऋण आवश्यक प¥यो । तत्कालीन समयमा पाँच वर्षदेखि सोही घरमा पसल गरिरहेका बाबुछोराले घरभेटीले ब्याजमा ऋण दिने गरेको जानकारी पाएपछि घरभेटीबाटै ऋण लिने निर्णय गरे ।

उनीहरूले घरभेटी शाक्यसँग ऋण मागे तर शाक्यले सुनारको सम्पत्ति जग्गा ९११ कठ्ठा १६ धुर जग्गा० दृष्टिबन्धक गरेर मात्र ऋण दिने भए । ऋण लिन जग्गा दृष्टिबन्धकी गर्न सहमत भए । २०५४ साल वैशाख १९ गते पदमलाललाई शाक्यले जग्गा दृष्टिबन्धकी भन्दै सोही दिनदेखि जग्गा भोग गर्न पाउनेगरी आफ्नो नाममा जग्गा राजीनामा पास गर्न लगाए ।

पदमलालले जग्गा दृष्टिबन्धकी मानेर जग्गा राजीनामा गराए तर सुनार बाबुछोराले सो दृष्टिबन्धकी जग्गा राजीनामा पास गरिएको ’दयगत २०५९ साल साउन १० गते मात्रै थाहा पाए ।

जग्गा राजीनामा भएको जानकारी पाउन साथ सो ५० हजार ऋण तिर्न सुनार बाबुछोरा नै शाक्यका कहाँ पुगेका थिए । तर, ऋण ५० हजारबाट ब्याजसहित बढेर २ लाख पुगेको र केही रकम नपुग हुँदा सोही समयदेखि शाक्यले जग्गा फिर्ता गर्न मानेनन् ।

जगतले त्यसपछि आफू र बाबुले शाक्यलाई जग्गा फिर्ता गर्न पटकपटक अनुरोध गरेको समेत बताए । २०६३ सालमा बाबुको मृत्युपछि केही महिनापछि आपूm पुनः शाक्यलाई भेट्न गएको तर जग्गा फिर्ता गर्न शाक्य सहमत भएनन् । जगतले बाबुको मृत्यु र जग्गाको तनावले व्यवसाय नै बिग्रिएपछि केही समय काम नैै रोकेर बसेको र पछि विरगन्जमा १३ वर्ष अरूको व्यवसायमा काम गरेर बसेको बताए । उनले पछिल्लो सात वर्षदेखि हेटौंडामा पुनः आफ्नो व्यवसाय सुरु गरेर बसेका छन् ।

उनले शाक्यसँग पटकपटक जग्गा नामसारी गर्न अनुरोध गरेको तर उल्टै धम्की दिने गरेको समेत बताए । उनले शाक्यसँग पटकपटक भेटर धितोस्वरूपको जग्गा नामसारी फिर्ता गर्न र रकम हिसाब गरी चुक्ता गर्ने बताउँदासमेत जग्गा फिर्ता नगरी उल्टै धम्की दिएर आफ्नो परिवालाई पीडा दिएको भन्दै दुःख व्यक्त गरे । सुनारले भने २०७३ चैतदेखि पटकपटक शाक्यलाई भेट्दा सम्पत्ति फिर्ता गर्न अनुरोध गरिरहेका छन् । राजधानी दैनिकबाट

शुक्रबार​ २९ बैशाख २०८० ०६:३८ AM मा प्रकाशित

प्रतिक्रिया