×

आज उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदै

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित ३ जना उपाध्यक्ष र कार्यकाररिणी समितिका सदस्य चयनका लागि बुधबार निर्वाचन हुँदैछ ।

वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, र रामचन्द्र संघई प्रतिस्पर्धामा रहेका हुन् । निर्वाचित हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने हुन्छ । त्यस्तै, उद्योग वाणिज्य समूहबाट एक, वस्तुगत समूहबाट एक र एशोसिएट सदस्य समूहबाट एक जना उपाध्यक्ष चयन हुने भएका छन् ।

महासंघ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक सदस्य चयन हुने व्यवस्था रहेकोमा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् । उद्योग वाणिज्य समूहबाट १८ खुला सदस्य पदका निमित्त ३२ जना चुनावी मैदानमा छन् भने संस्थापन सदस्य र दुई राष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि एक(एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

वस्तुगत समूहमा १४ सदस्य पदका निमित्त २८ जना प्रतिस्पर्धामा रहेका छन् भने १९ एशोसिएट सदस्यका लागि २९ जना व्यवसायी प्रतिस्पर्धमा रहेका छन् ।

बुधबार २९ चैत २०७९ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया