×

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको ज्यान गयाे

images

भक्तपुरमा बिहान भएको मोटरसाइकल दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । बालिकाका आमाबुबा घाइते भएका छन् । 

सूर्यविनायक नगरपालिका वडा नम्बर–९ नलिन्चोकमा वाग्मति प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिका लोसाङ डोल्मा तामाङको ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक काभ्रे पाँचखाल नगरपालिका–१ का २२ वर्षका बुद्ध तामाङ र मोटरसाइकलको पछाडि बस्ने तामाङकी श्रीमती सुस्मिता इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएका छन् ।

गम्भीर घाइते छोरी लोसाङको उपचारका क्रममा न्युरो अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

मङ्गलबार २९ चैत २०७८ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया