काठमाडौं । निर्वाचन कार्यालयले, उपराष्ट्रपतिको चुनावमा मनोनयन गर्ने चारै जनाको उम्मेदवारी कायम रहेको जनाएको छ। शनिबार उम्मेदवारी दर्ता गर्ने चारै जनाको
उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जनाएको हो । चैत ३ गते तय भएको चुनावमा हिजो शनिबार उम्मेद्वारी दर्ता गर्ने सबै चारै जनाको उम्मेदवारी कायम रहेको
निर्वाचन अधिकृतको कार्यालय सूचना प्रकाशित गरेर जानकारी दिएको हो । आइतबार ५ बजे प्रकाशित गरेको अन्तिम उम्मेदवारको सूचीमा जनता समाजवादी पार्टीका २ र
जनमत पार्टी र नेकपा एमालेबाट १–१ जनाको उम्मेदवारी कायम रहेको उल्लेख छ । जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारीको उम्मेदवारी कायम छ। जसपाले ८
दलको समझदारीबाट रामसहायप्रसाद यादव आधिकारिक उम्मेदवार रहेको जनाएको छ । यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य तथा सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले
ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ।
प्रतिक्रिया