×

कांग्रेसबाट दुई मन्त्री थपिँदै, एक जना प्रकाशमाननिकटलाई नियुक्त गर्ने देउवाको तयारी

images

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‍मा रिक्त दुई मन्त्री छिट्टै नियुक्त गर्ने भएका छन्।


केही मन्त्रीसँग बालुवाटारमा भएको छलफलमा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको बताएका हुन्। भेटमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने देउवाले जानकारी गराएका थिए।

सीमित मन्त्रीहरुसँगको छलफलमा आफ्नो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिलाई पूर्णता दिनेबारेमा पनि देउवाले कुरा गरेका थिए।

कांग्रेसको भागमा रहेका दुई मन्त्रालय रिक्त छन्। महामन्त्रीमा पराजित भएपछि डा मिनेन्द्र रिजालले राजीनामा दिएको रक्षा मन्त्रालय मन्त्रीविहीन छ। त्यस्तै, नियुक्तिमै विवादित बनेपछि गजेन्द्र हमालले राजीनामा दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रिक्त छ। हमाल संस्थापनबाट र रिजाल गैरसंस्थापनबाट मन्त्री बनेका थिए।

दुईमध्ये एकमा नेता प्रकाशमान सिंहनिकटलाई नियुक्त गर्ने देउवाको तयारी रहेको बताइएको छ। सुजाता कोइराला र राजन केसीमध्ये एक जना सिंहपक्षबाट मन्त्री बन्ने भएका छन्। कोइराला गत अधिवेशनमा सिंह प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेकी थिइन्।

सभापतिको लागि भएको दोस्रो निर्वाचनमा सिंह प्यानलले देउवालाई सघाएको थियो। कोइराला र केसीमा केन्द्रीय सदस्य कोइरालाको सम्भावना बलियो रहेको बताइएको छ।

शनिबार २९ माघ २०७८ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया