×

एमसीसीको विरोधमा कीर्तिपुरमा एकीकृत समाजवादीको प्रदर्शन

images

कीर्तिपुर । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले अमेरिकी अनुदानसम्बन्धी सम्झौता ९एमसीसी०विरुद्ध कीर्तिपुरमा प्रदर्शन गरेका छन् । शनिबार अपराह्न पाङ्गा दोबाटोमा कीर्तिपुर नगर कमिटीमा आबद्ध नेता–कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘एमसीसी चाहिँदैन’, ‘गो ब्याक एमसीसी’, ‘देश बेच्न पाइँदैन’जस्ता नारा लगाएका थिए ।


एमसीसीलाई लिएर पाँचदलीय सत्ता गठबन्धनमा मतभेद छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने साझेदारहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अडानमा छन् । जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई समूह पनि एमसीसीको पक्षमा छ ।

शनिबार २९ माघ २०७८ ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया