काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत शुक्रबार तोलाको १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया