काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्तामा केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खोलेको छन् । हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पनि ओली बयान दिन जाँचबुझ आयोग जानुपर्ने भनेर बोलेको कुरा पनि बस्नेतले उल्लेख गरेका छन् ।
उनले अहिले एमालेको महाधिवेशन भाँड्नेगरि आतंक फैलाउने र सहभागिता घटाउने षड्यन्त्र भइरहेको पनि दाबी गरेका छन् । महाधिवेशनमा चुनाव भएमा सकेसम्म हराउने र नसकेसम्म ओलीको भोट घटाउने विरोधीहरुको चाला रहेको बस्नेतको भनाई छ । उनले एमालेले सबैखाले षड्यन्त्र चिर्न सफल हुने दाबी गरेका छन् । उनले अध्यक्ष ओलीलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनैपनि चाल कदापी सफल नहुने ठोकुवा गरेका छन् ।
oSonstpred1h23ac2tgl9lha6546l03fhh2ifhhgm511h17t62c0ti08hl6g ·
हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो,
“तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो: किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन? म भए जान्थे, उहाँ पनि जानैपर्छ।”
यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ।
२ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री सुसीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।
हिजै GenZ समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक,
हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम,
“केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल
सबै कुरा एउटै दिशातिर संकेत गर्छन्।
उनीहरूको उद्देश्य हो:
महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने,
र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।
तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने
एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ।
पार्टी आफ्नो अडानमा अडिन्छ,
अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन।
तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ।
अब सशक्त प्रतिरोध हुनेछ,
र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ।
प्रतिक्रिया