काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको समृद्ध शहर मालिबु नजिकैको जंगलमा तीव्र गतिमा वन डढेलो फैलिएको छ । डढेलोका कारण बस्तीहरुमा गम्भीर जोखिमको अवस्था आएको भन्दै तत्काल बस्तीहरु खाली गर्न आदेश दिइएको छ ।
डढेलोका कारण केही घरहरु जलेर नष्ट भइसकेको अधिकारीहरुले बताएका छन् । तर हालसम्म कुनै मानवीय क्षति भने नभएको बताइएको छ । डढेलोको आसपासका बस्तीका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।
डढेलोले २ हजार ७ सय एकडभन्दा बढी क्षेत्रफल जलेर नष्ट भएको छ । क्यालिफोर्नियाको जंगलमा सोमबार राति झण्डै ११ बजेको आसपास आगलागी सुरु भएको बताइएको छ । के कारणले आगलागी भयो अझै स्पष्ट हुन सकेको छैन ।
क्यालिफोर्नियाको मलेबु धेरै सेलिब्रेटीहरुको आवास रहेको क्षेत्रसमेत हो । डढेलोका कारण ५ हजारभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यस क्षेत्रका धेरै विद्यालयहरूले अर्को सूचना नभएसम्म बन्द गरिएको छ । धेरै जसो क्षेत्रमा बिजुली काटिएको छ ।
प्रतिक्रिया