×

उपसभामुखले मार्गप्रशस्त गर्नु राम्रो :नेपाली कांग्रेस

images

काठमाडौँ ।   नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामाथि उठेको प्रश्नबारे साझा धारणा बनाउने भएको छ ।  बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीको संसदीय दल र सत्तारुढ दल बसेर साझा धारणा बनाउने निर्णय गरेको हो । 

बुधबार पार्टी सभापति  देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। 

‘कांग्रेसको आधिकारिक धारणा भनेको उहाँमाथि गम्भीर प्रश्न उठेको हो। आफैँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ,’ घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन। उहाँले जुन काम गर्नुभयो, त्यसले संसदलाई नै अपमानित गर्ने काम गरेको छ। मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ।’

उपसभामुख रानाले अघिल्लो वर्ष अमेरिकाको एक कार्यक्रममा जानका लागि केही व्यक्तिको भिसाको अन्तरवार्ताको समय छिटो मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही विषयलाई लिएर सत्ता पक्ष दलले उनको राजिनामा मागेका हुन् ।

बुधबार २६ भदौ २०८१ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया