×

योगेश भट्टराईको भाषणको ‘हिंसा’ रेकर्डबाट नहटाएपछि माओवादीले गर्‍यो संसद अवरोध, अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

images

काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएपछि नेकपा माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको छ। बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए ।

सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिए । पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए। सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

सभामुखको  रुलिङमा आपत्ति जनाउँदै प्रमुख सचेतक हितराज पाण्डेले भने‚ ‘यो सदनमा जसरी जनयुद्धलाई होच्याउने गरेर जसरी विषय वस्तु आयो त्यही दिनदेखि भनेका छौँ । सत्ता पक्षबाट अपभ्रंश गरियो । जनयुद्ध जसरी यहाँ सम्म आयो संविधान बनायौँ संविधानमा व्याख्या र टिप्पणी आयो।’

उनले थपे‚ ‘अहिले भएको रुलिङ संविधान र कानुन विपरीत छ । स्वीकार्य छैन । संविधान बाहिर लैजान हुँदैन । यो संविधान कानुन नियम पालन गर्नुपर्ने हो । त्यसकारण सचिवालयले जुन व्याख्या दियो त्यो संविधान अनुकूल छैन हामीलाई मान्य छैन ।’

माओवादी सांसदहरुले अवरोध जारी राखेपछि सभामुख घिमिरेले माओवादी सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए । पौडेलले विगतलाई बल्झाएर शान्ति प्रक्रिया बिथोल्न खोजेको भन्दै आपत्ति जनाए । संविधानसँग प्रतिकुल हुने शब्दले विगतमा भएको राजनीतिक आन्दोलनको अवहेलना हुने उनको भनाइ छ ।

त्यसपछि सभामुखले पुनः माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । उनले सभामुख र संसद सचिवालयले योगेश भट्टराईको भाषणबाट हिंसा शब्द नमेटाउने निर्णय पूर्वाग्रही रहेको बताए ।

त्यसपछि सभामुखले एमाले सांसद महेश बर्तौलालाई समय दिए । उनले सभामुखले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । तर माओवादी सांसदहरुले संसद अवरोध जारी राखे ।

उनले थपे‚ ‘अहिले भएको रुलिङ संविधान र कानुन विपरीत छ । स्वीकार्य छैन । संविधान बाहिर लैजान हुँदैन । यो संविधान कानुन नियम पालन गर्नुपर्ने हो । त्यसकारण सचिवालयले जुन व्याख्या दियो त्यो संविधान अनुकूल छैन हामीलाई मान्य छैन ।’ माओवादीको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । 

बुधबार २६ भदौ २०८१ ०२:३८ PM मा प्रकाशित

प्रतिक्रिया