×

५ जना विदेशी यात्रु सवार हेलिकोप्टर सम्पर्कविहीन

images

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए। ‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने। हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

  

मङ्गलबार २६ असार २०८० ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया