×

संविधानले व्यवस्था गरेका अधिकार नागरिकले सजिलै पाउनुपर्छ -राष्ट्रपति

images

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले नागरिकलाई प्रदान गरेका सुविधा नागरिक समक्ष सहज रुपमा पुर्याउने नीति सरकारले लिनुपर्ने बताएकी छन् ।

आइतबार रौतहटको माधव नारायण नगरपालिकामा निर्माण भएको स्वर्गीय गजेन्द्रनारायण हस्पिटलको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् । उनले संविधानले नागरिकका लागि व्यवस्था गरेका अधिकार नागरिकले सजिलै पाउनुपर्ने समेत बताएकी छन् ।

संविधान प्रदत मौलिक हक कार्यान्वयन गर्दै सामाजिक न्यायमा आधारित समाज स्थापना गर्ने अभियानलाई तीब्रता दिनुपर्ने उनको जोड छ ।

सोमबार २८ चैत २०७८ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया