×

स्थानीय तह निर्वाचनबारे आज एमालेकाे छलफल, ओलीले सम्बाेधन गर्ने

images

काठमाडाैँ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोको तयारीको बारेमा औपचारिक रुपमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ ।

आगामी ३० बैशाखमा एकैचरणमा स्थानीय तहको निर्वाचनको मिति गर्ने घोषणा भए लगत्तै एमालेले स्थानीय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको आयोजना शुक्रबार गर्न लागेको हो ।

‘कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुनेछन,’ एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार शुक्रवार अपरान्ह १ बजे केन्द्रीय कार्यालय, थापाथलीवाट अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बाेधन गर्नेछन् ।
 

 

शुक्रबार​ २८ माघ २०७८ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया