×

बढ्यो सुनको मुल्य

images

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

मङ्गलबार २५ मंसिर २०८१ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया