×

एमालेले बोलायो विघटन भएको प्रतिनिधिसभाका सांसदहरूको बैठक

images

 

काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो । 

विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थिति बारे छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो । 

प्रतिनिधिसभा विघटनका सम्बन्धमा केन्द्रीय समितिलाई दबाब दिनका लागि कांग्रेसका केहि सांसदले पनि हस्ताक्षर संकलन गरिरहेका छन् ।

जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै भदौ २७ मा प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा चुनावको घोषणा गरिएको छ र सरकारले चुनावको तयारी गरिरहेको छ । 

 

 

सोमबार २५ कात्तिक २०८२ ०३:४२ PM मा प्रकाशित

प्रतिक्रिया