×

अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर

images

ललितपुर । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ ।  ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।

 हाछेथुको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरी टोलीले मापदण्ड विपरीत बनेका संरचनामा डोजर लगाएको हो। बोर्डलाई २०७३ पुष १८ गते नै बाहिरी संरचना मापदण्डविपरीत रहेकाले भत्काउन महानगरले आदेश दिएको थियो। त्यसपछि बोर्ड अदालत गएको थियो। तीन वटै अदालतले महानगरको पक्षमा फैसला गरेको र आदेश कार्यान्वयन गर्नसमेत भनेको महानगर प्रमुख  हाछेथुले जानकारी दिए।

आइतबार​ २५ कात्तिक २०८१ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया