काठमाडौँ । सागर ढकालले आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
बुधबार जेनजीहरुको सामुहिक छलफलमा बोल्दै ढकालले जेनजीको नेतृत्व गर्न आवश्यक परेमा आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् ।
हाल डडेल्धुरामा रहेको जानकारी दिदै उनले आफु काठमाडौँ आउने प्रयासमा रहेपनि हवाई सेवा बन्द रहेको र सडकमा कर्फ्यु लागेकाले आउन नसकेको बताएका छन् ।
सागरले जेनजी आन्दोलनलाई आफुले साथ दिएको बताउदै आफुले २०८४ को चुनाव लड्ने तयारी गरिरहेका बेला जेनजीले सत्ता पल्टाइदिएको बताए ।
उनले लिड गर्न कोहि तयार नभए म आउन तयार रहेको बताएका छन् । सो छलफलमा उनले नयाँ नेतृत्वको लागि गरिएको सर्वेमा ९० प्रतिशत सुशीला कार्कीको नाममा सहमत भएको समेत सुनाएका थिए ।
प्रतिक्रिया