खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति बनाएर उनीहरूकाे पहिचानमाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ ।
आज आइतवार खाद्यका लागि कृषि अभियानले काठमाण्डाैमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संयोजक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले कृषिलाई दीर्घकालीन रूपमा अगाडि बढाउने कुरामा पालिका सरकारहरूको दीर्घकालीन दृष्टिकोण नदेखिएको बताउनुभयो ।
आउँदाे पालिका चुनावमा हरेक पार्टीले आफ्नो घोषणापत्रमा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने र प्राङ्गरिक कृषिलाई बढाउने कुरामा जोड दिन आवश्यक रहेको संयोजक अधिकारीकाे भनाइ छ । उहाँले केही पार्टीका घोषणापत्रमा आउँदाे १० वर्षमा नेपाललाई प्राङ्गरिक देश बनाउने भनिए पनि रासायनिक मल कारखाना खोल्ने कुरामा पनि त्यत्तिकै जोड दिएको बताउनुभयो । संयोजक अधिकारीले नेपालमा रैथाने बिउबिजनहरू ध्वस्त भएको भन्दै कृषिलाई बचाउने कुराको सबैले मनन गर्नुपर्ने बताउनुभयो ।
संयोजक अधिकारीले आजका किसान सरकारले बनाउन खाेजेको कृत्रिम किसान भएको भन्दै वास्तविक किसानहरू अझै पनि सरकारको मापदण्डमा नरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले वास्तविक किसानलाई नछुने नीति ल्याउँदा वास्तविक किसानहरूको मनोबल घट्दै गएको र आज किसान भनेको एउटा कम्पनी जस्तो भएको बताउनुभयो ।
प्रतिक्रिया