ए
म्याराथन को बिश्व
बिजेता धाबक
यस्सो फर्केर गरिबको
पेट तिर हेर त
तिमि हरु भन्दा कैयौ गुणा
तेज मा दौडिरहेछ
भोकका मुसाहरु
समुन्द्र हरुको अस्तित्व
त्यहिदिन समाप्त भैसकेको
थियो
जुनदिन चुलामा आगो नबल्दा
बा को आखामा बग्न नसकेको
समुद्र र मन भरी थियो
वेदनाको छाल हरु
अब त
जिन्दगीमा उज्यालो हेर्ने
पनि ठुलो रहर बनि सक्यो
गरिबिको कालो बादलले
ढाकेर
आकाश मा टहटह जुन लाग्दा पनि
भोग्न बिबस छु जिन्दगीमा
काला अनि अध्यारा गरिबिका
प्रतिक्रिया