×

‘द भोईस अफ किड्स’ नेपाल सिजन २  आजदेखि 

images


काठमाडौं । ‘द भोईस अफ किड्स’ नेपाल सिजन २ को प्रसारण आज शुक्रबारदेखि  सुरु हुने भएको छ ।  

आज बिहिबार काठमाडौंमा आयोजित भोईस अफ किड्सको औपचारिक शुभारम्भ कार्यक्रम मार्फत आयोजकले आज शुक्रबारबाट हिमालयन टेलीभिजमा हरेक शुक्रबार र शनिबार राति ८ बजे ‘द भोईस अफ किड्स’ नेपाल सिजन २ प्रसारण हुने  बताउनु भयो।   पत्रकारहरुसंग कुराकानी गर्दै गायक तथा कोच प्रमोद खरेलले कार्यक्रम

दर्शक भएर हेर्दा धेरै नै मनोरञ्जनात्मक बनेको बताएका छन् । उनले भने ‘यति धेरै कलाहरुको खुबी रहेछ । साना साना नानीहरु धेरै नै प्रतिभाशाली रहेछन् । दर्शकको रुपमा निकै नै मनोरञ्जनात्मक रहेको छ ।’

कार्यक्रमका चर्चित कोच राजु लामाले कार्य व्यस्तताका कारण सहभागी नहुने बताएपछि नयाँ कोचका रुपमा गायक सुशान्त केसीलाई शोमा भित्र्याइएको बताइएको छ । 
कोच प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी र सुशान्त केसीका साथमा अब भोईसको नयाँ सिजनको यात्रा सुरु भएको छ ।

शुक्रबार​ २६ फागुन २०७९ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया