काठमाडौं । सभामुख देवराज घिमिरेले आज बहराइन जाने भएका छन् ।
घिमिरे बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जान लागेका हुन् ।
उनी ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शुक्रबार साँझ जाने भएका छन् । सभामुख घिमिरेको नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया