×

राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै डाक्टरमाथि प्रहरीको कुटपिट

images

काठमाडौं । राष्ट्रपतिकाे सवारीका क्रममा प्रहरीले आफूहरुमाथि कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो ।

डा. जनिथ सिंह वीरबाट ट्रमामा जान खोजेका थिए । तर प्रहरीले उनलाई पनि लाठीचार्ज गरेको र टाउकोमा चोट लागेको चिकित्सकहरुले बताएका छन् । बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेको हो। उनको टाउकोमा चोट लागेको छ।

घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रर्दशन गरिरहेका छन्। ट्रमा सेन्टर अगाडिको सडकमा चिकित्सकहरूले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन पनि भएको थियो। सडक पनि केहीबेर अवरूद्ध भएको थियो। 

डाक्टरको कार्ड देखाएर हिँड्न समेत नदिइएको उनीहरूले बताएका छन्। विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले घटनामा संलग्न प्रहरीले डाक्टरसँग माफी माग्नुपर्ने माग राखेका छन्।  

शुक्रबार​ २७ माघ २०७९ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया