×

एमालेको महाधिवेशन बिथोल्न कुलमानले नागढुंगाको बाटो बन्द गरे : महेश बस्नेत

images

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका छन्।

सरकारले यहीँ मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित रहेको बस्नेतको भनाइ छ।

एमालेको मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औँ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र नभइ प्रतिशोधको राजनीति भएको बस्नेतले आरोप लगाएका छन्। उनले तत्काल निर्णय फिर्ता गरेर पुस पहिलो हप्तादेखि काम गर्नु सरकार र कुलमान दुवैको हितमा हुने सुझाएका छन् ।

उनले लेखेका छन्, ‘मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित छ। एमालेको मंसिर २७- २९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन—प्रतिशोधको राजनीति हो। याद रहोस्, प्रतिशोधको बदला प्रतिशोधनै हुनेछ्। तत्काल निर्णय फिर्ता गरेर पौष पहिलो हप्ता देखि काम गर्नु सरकार र कुलमान दुबैको हितमा हुनेछ ।‘

मङ्गलबार २४ मंसिर २०८२ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया