×

‘इजरायलमा रहेका ११९ विद्यार्थी सुरक्षित , स्थानान्तरण गरिँदै : कृषि तथा वन विज्ञान विश्वविद्यालय

images


चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरू सकुशल रहेको जानकारी दिएको छ ।
विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना विद्यार्थीहरुलाई स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिएकी छिन् ।

विज्ञप्तिमा भनिएको छ, “इजरायलमा भएको अतंककारी हमलाको खेद प्रकट गर्दै विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुशल हुनुहुन्छ ।“विभिन्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुशल रहेको जानकारी मिलेको छ । यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल स्थित इजरायलको राजदूतावास एवम् इजरायल स्थित नेपाली राजदूतावासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्ने काम भइराखेको छ । यस अवस्थामा हामी विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहिराखेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भए बमोजिम सुरक्षाका उपायहरू अपनाउन र सजक रहन अनुरोध गरिरहेका 

सोमबार २२ असोज २०८० १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया