काठमाडौं जिल्ला टेबल टेनिससंघ काठमाडौंको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता आजदेखी शुरुभएको छ ।
प्रतियोगितामा पुरुष/महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपांग भएका, दृष्टिविहीन र खेल पत्रकारका गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ ।
अखिल नेपाल टेबल टेनिसघ संघको वार्षिक कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘सबैका लागि टेबल टेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०-१० हजार नगद पुरस्कार पाउनेछन् ।
आजदेखी शुरु भै फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।
प्रतिक्रिया