काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द राज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले हरेक आन्दोलनमा घुसपैठ, भिड सधै उत्तेजक हुन्छ भन्दै गृह प्रशासनले कसरी सम्हाल्ने भन्ने थाहा हुनुपर्ने बताएका छन् ।
उनले कांग्रेस नेतृत्वले गृहमन्त्री लेखकले तुरून्तै राजीनामा दिनु पर्ने र नदिएमा पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्ने बताएका छन् ।
उनले भनेका छन्-
हरेक आन्दोलनमा घुसपैठ, भिड सधै उत्तेजक हुन्छ । गृह प्रशासन सम्हाल्नेलाई थाहा हुनुपर्ने हो । राजधानीमा घन्टौं बाढीमा फसेकालाई उद्दार नगरेर बग्दा देखिनै गृहमन्त्रीको हैसियत थाहा थियो । आज १७ को हत्या भैसकेको छ ! झण्डै ६२/६३को आन्दोलनमा जति मारिएका छन । नेका सरकार छोड! गृहमन्त्रीलाई कारवाही गर !
प्रतिक्रिया