×

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा कलम चलाउन मन्त्री भुसालको आग्रह

images

प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान गरिएको छ । प्रेस सेन्टर नेपाल, ललितपुर जिल्ला शाखाद्वारा आज आयोजित कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नवनिर्वाचित सबै पदाधिकारीलाई सम्मान तथा कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री भुसालले नवनिर्वाचित पदाधिकारीले परिवर्तनका पक्षमा निरन्तर कलम चलाउने पत्रकारको हकहितका लागि आवाज उठाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सङ्गठनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा पत्रकारितामार्फत सहयोग पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “यो परिवर्तन हामीले ल्याएका हौँ, हामीले नै यसको रक्षा गर्नुपर्छ ।” 

जनयुद्धका समयमा रेडियो गणतन्त्र स्थापना गरेर गणतन्त्रको आवाज उठाएको स्मरण गर्दै मन्त्री भुसालले भन्नुभयो, “जनयुद्धका बेला पत्रकार कलमी सेना हुनुहुन्थ्यो, यहाँहरूले गणतन्त्र स्थापना गर्नका लागि महत्वपूर्ण योगदान गर्नुभएको छ, यसलाई संवद्र्धन गर्नका लागि पनि यहाँको महत्वपूर्ण भूमिका रहन्छ ।” उहाँले सहमतिबाट पदाधिकारी चयन गरी सङ्गठनलाई केन्द्रिकृत एवं एकीकृत गरेकामा ‘प्रेस सेन्टर नेपाल’लाई बधाइ ज्ञापन गर्नुभयो ।

सोमबार २३ साउन २०७९ १०:३३ PM मा प्रकाशित

प्रतिक्रिया