×

तराई मधेसमा आज होली मनाइँदै

images


काठमाडौं । तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज

मनाइएको हो । आज तराईका विभिन्न क्षेत्रमा आपसमा रंग दलेर हर्सोल्लास पुर्वक पर्व मनाइएको छ । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले मनाएका हुन् ।

तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइको छ ।होली पर्वका अवसरमा वीरगञ्जको विभिन्न स्थानमा आज सांस्कृतिक कार्यक्रम तथा कन्सर्टको आयोजना गरिएको छ ।
 

बुधबार २४ फागुन २०७९ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया