×

महिलाको सम्मान र सशक्तिकरणको लागि आवश्यक प्रयास भइरहेको छ-- मन्त्री शर्मा

images

 


काठमाडौं । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले, महिलाहरूको सशक्तीकरण र सम्मानको लागि नेपाल सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको बताएकी छिन् । 

११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शर्माले संविधानमा लैङ्गिक विभेदलाई न्यूनिकरण गर्न अधिकतम प्रयत्न गरिएको  बताइन् । 

‘अन्तराष्ट्रिय श्रमिक महिला दिवस संसार भरका महिलाले एकता, संर्घष र विजयको प्रतीकको रुपमा मनाउँदै आएका आठ घण्टा काम, समान ज्याला लगायत महिलाका पक्षमा विभिन्न माग राखेर गरिएका संर्घषले उपलब्धि हासिल गरेको दिन ८ मार्च अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो ।’

उनले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने समय आएको समेत बताइन् । 
 

बुधबार २४ फागुन २०७९ ०५:४३ PM मा प्रकाशित

प्रतिक्रिया