×

महिला र बालबालिकाको क्षमता अभिवृद्धिका लागि आवश्यक नीति निमार्णको जरुरी छ -- अध्यक्ष मगर

images

 

काठमाडौं । राष्ट्रिय मानव आयोगका अध्यक्ष तप बहादुर मगरले महिला र बालबालिकाको क्षमता अभिवृद्धिका लागि आवश्यक नीति निर्माण र श्रोत साधनको पहल हुन जरुरी रहेको बताएका छन् । 

बुधबार आठ हजार मिटर वा सो भन्दा माथिका हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्न सफल महिला आरोहीलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिलामा हुने प्रकारका भेदभाव उन्मूलनका लागि उपयुक्त पहलको अवलम्बन गर्नु राज्यको दायित्व भएको टिप्पणी गरे । 

उनले भने ‘महिला र बालबालिकाको क्षमता अभिवृद्धिमा जोड दिनु पर्ने हुँदा नीति निमार्ण र श्रोत साधनका लागि आवश्यक पहल हुन जरुरी छ । महिला पक्षका सबै प्रकारका भेदभाव उन्मूलनका लागि उपयुक्त पहलको अवलम्बन गर्नु राज्यको दायित्व हो । ’

उनले मानव आयोगले नेपाल सरकारलाई महिला अधिकारका बहु आयामका विषय समेट्ने गरी दीर्घकालीन आवधिक कार्ययोजना निर्माण गर्न र त्यसको कार्यन्वयनको अवस्था निरन्तर अनुगमन गर्न सिफारिस गरेको जानकारी दिए ।  

महिला अधिकार सबैको सरोकारको विषय भएकाले यसको संरक्षणको लागि सबैले सकारात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरे ं। 
 

बुधबार २४ फागुन २०७९ ०४:४९ PM मा प्रकाशित

प्रतिक्रिया